बीमा क्षेत्रका उदाउँदा तारा ‘सुदिप’ भन्छन्- ‘बीमा बिनाको मान्छे छानोबिनाको घरजस्तै हो…’

‘प्रयास’को अर्को परिभाषा हो ‘सफलता’ । यही यथार्थको जिउँदो प्रमाण हुन् बीमा क्षेत्रमा उदाउँदै गरेका सुदिप पाण्डे । २०७० सालबाट बीमा क्षेत्रमा प्रवेश गरेका सुदिप अहिले राम्रै छवि स्थापित गर्न सफल भएका छन् । २०७० सालमा एस.एल.सी. दिँदादिँदै नेपाल लाईफ इन्स्योरेन्समा अभिकर्ता बनेका सुदिप प्राईम लाईफ इन्स्योरेन्स हुँदै २०७७ सालमा एशियन लाईफ इन्स्योरेन्सको भलवारी उपशाखामा स्थाई रुपमा जोडिन पुगे ।

सानै उमेरमा बीमा क्षेत्रमा लागेका सुदिपले अभिकर्ता बनेको पहिलो वर्ष निकै कठिन बनेको बताए । उनले भने, ‘११-१२ मा पढ्दा उमेर सानो भएर कसैले पत्याउँदैनथे ।’ विद्यालयका शिक्षक र साथी हुँदै अभिभावकसम्म पुगेका उनले अभिकर्ताकै भुमिकामा ७ वर्ष बिताए । उनले थपे, ‘धैयर्ता, मिहेनत र कर्मकै कारण अहिले एशियन लाईफ इन्स्योरेन्समा शाखा प्रमुखको रुपमा उभिन सफल भएको छु ।’

जागिर खाएको पहिलो वर्षमै सुदिपले आफुले प्राप्त गरेको लक्ष्य पूरा गरे । २०७७ सालमा एशियन लाईफ इन्स्योरेन्सले दिएको १ करोड ५० लाखको लक्ष्यलाई उछिन्दै २ करोड ५० लाख बराबरको प्रथम बीमा शुल्क (प्रिमियम) संकलन गर्न सफल भएको उनले बताए । ‘लक्ष्य हासिलसँगै कम्पनिबाट प्राप्त हुने हरेक स्किम र इन्सेन्टिभमा परेको छु’, उनले भने, ‘अझैपनि मेरो लगन र प्रयास जारी नै छ ।’

यस वर्ष कम्पनिले दिएको ३ महिले लक्ष्य पुरा गरी १२ महिनाको तलब सुविधाभन्दा अधिक ८ महिनाको सुविधा प्रोत्साहन स्वरुप प्राप्त गरेको सुदिपले बताए । उनले भने, ‘यही मिहेनतले मेरो बढुवा समेत भयो र अहिले शाखा प्रमुख बनेको छु ।’ त्यस्तै उनले आफुसँगै आफु मातहतका अभिकर्ताको हितका लागि पनि निरन्तर सहयोग गरिरहेको बताएका छन् ।

बीमा सम्बन्धि जनचेतना फैलाउन, अभिकर्तालाई पुर्नजागरण गर्न र अभिकर्ताको संख्या विस्तारका लागि देशैभरीका १८ जिल्ला पुगेको उनि बताउँछन् । वर्तमान अवस्थामा बीमा अपरिहार्य रहेको उनले तर्क छ । ‘बीमा आर्थिक बचत, भविष्य र सुरक्षा हो, बीमा नहुनु भनेको छानोबिनाको घर जस्तै हो’, उनले भने, ‘भोलीको सुखी भविष्यका लागि बीमा गर्न अति जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal