कैलालीमा विश्व फोटोग्राफि दिवशको अवसरमा वृक्षारोपण… (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । कैलालीमा विभिन्न कार्यक्रम गरि विश्व फोटोग्राफी दिवश मनाईएको छ । १८२ औं फोटोग्राफी दिवशको अवसरमा नेपाल फोटोग्राफर एसोसियसन कैलाली उपशाखा हसुलियाले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल फोटोग्राफर महासंघ सुदूरपश्चिम प्रदेश संयोजक कुलराज चौधरीको अध्यक्षतामा आयोजित वृक्षारोपण कार्यक्रममा कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चोधरीले वृक्ष रोपि उद्घाटन गरेका हुन् ।

जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर १ मा रहेको बनदेवी मन्दिर परिसरमा सामुहिक रुपमा वृक्षारोपण गरेको नेपाल फोटोग्राफर महासंघ सुदूरपश्चिम संयोजक कुलराज चौधरीले बताए । उनले भने, ‘फोटोग्राफरको जिम्मेवारी फोटो खिच्ने मात्रै होईन परिवर्तन गर्नुपनि हो ।’ त्यस्तै उनले देश तथा विदेशमा रहेका व्यवसायीक फोटोग्राफरहरुलाई शुभकामना समेत व्यक्त गरेका छन् ।

त्यस्तै विश्व फोटोग्राफि दिवशको अवसरमा शुभकामना दिँदै कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले प्रविधिको विकासलाई सबैले सहि तथा सकरात्मक रुपमा प्रयोग गर्न गरेका छन् । ‘टेक्नोलोजिको विकासले धेरै सहज बनाएपनि दुरुपयोग गर्ने क्रम बढेको छ’, उनले भने, ‘त्यसको व्यवसायीक मर्यादा पालना गर्नुपर्नेछ ।’

दिवशको अवसरमा सञ्चालित कार्यक्रममा गाउँपालिकामा रहेका सम्पुर्ण व्यवसायीक फोटोग्राफरहरुको उपस्थिति रहेको थियो । धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास, प्रवद्धन तथा संरक्षणका खातिर हरेक वर्षजस्तै यसवर्ष वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिएको नेपाल फोटोग्राफर एसोसियसन कैलाली उपशाखा हसुलियाले जनाएको छ । कार्यक्रममा झण्डै १० हजार बढीको बिरुवा रोपिएको थियो । बाँकी तस्विरमा हेर्नुहोस्ः 

 

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal