बन विवादमा परेका अध्यक्षको अर्थ सरोकारकर्मीलाई धम्की -`मेरा केटाहरु पठाएर तेरो के हाल गर्छु…´ (भिडियो)

धनगढी। समाचारको विषयलाई लिएर अर्थ सरोकारको सुदूरपश्चिम ब्युरो प्रमुख सुदर्शन श्रेष्ठ, क्यामेरा पर्सन हरी तिवारी तथा फूलवारी खबरका सम्बाददाता झलक दवाडीलाई ज्यान मार्ने धम्की आएको छ । फूलबारी सब डिभिजन बन मातहतको सिद्धार्थ सामुदायिक बनका अध्यक्ष कृष्ण गिरीले यस्तो धम्की दिएका हुन् ।
सामुदायिक बनको गोलिया नियम बिपरित अध्यक्षले लगेको भन्ने समाचारका विषयमा मिडियामा लेखेको भन्दै अध्यक्ष गिरिले पत्रकारलाई धम्की दिएका हुन् । फोन गर्दै अध्यक्ष गिरीले आफु भएको ठाउँमा बोलाउँदै पत्रकारलाई अपशब्द प्रयोग गरेका छन् । तत्काल आफुले भनेको ठाउँमा उपस्थित नभए आफ्ना केटाहरु परिचालन गरि हातखुट्टा समेत भाँचीदिने धम्की दिएका हुन् ।
यता नेपाल फोटो पत्रकार महासंघको कैलाली शाखाले त्यसको निन्दा गर्दै विज्ञप्ति जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal