पत्रकारलाई ज्यान मार्ने धम्की दिने अध्यक्षविरुद्ध प्रेस चौतारीको विज्ञप्ति- ‘दोषीलाई कारवाही होस्, पत्रकारको सुरक्षा होस्’

धनगढी। फूलबारी सब डिभिजन बन मातहतको सिद्धार्थ सामुदायिक बनका अध्यक्ष कृष्ण गिरीले समाचार लेखेको भन्दै अर्थ सरोकारका पत्रकार र क्यामरापर्सनमाथि ज्यान मार्ने धम्की दिएपछी प्रेस चौतारी नेपाल, सुदुरपश्चिम प्रदेश कमिटी बोलेको छ । सामुदायिक वनको गोलिया नियम बिपरित अध्यक्षले लगेको भन्ने समाचार प्रकाशन भएपछि अध्यक्ष गिरीले अर्थसरोकारका सुदूरपश्चिम ब्युरो सुदर्शन श्रेष्ठ, फूलबारी खबरका सम्बादाता झलक दवाडी र अर्थसरोकारका क्यामेरा पर्सन हरि तिवारीलाई ज्यान मार्ने धम्की दिएका थिए  ।

समाचारका बिषयलाई लिएर गिरीले आज दिउँसो अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएका हुन् । अपशब्दसहित ज्यान मार्ने धम्की दिएपछी उनीविरुद्ध अहिले पत्रकारका विभिन्न संघ संगठनहरु विरोधमा उत्रिएका छन् । यसरी पत्रकारलाई ज्यान मार्ने धम्की दिएको प्रति प्रेस चौतारी नेपालसहित, नेपाल पत्रकार महासंघ कैलाली शाखा, नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेश समिति, नेपाल फोटो पत्रकार महासंघ कैलाली, लगायतले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भ्रत्सना गरेका छन् ।

सञ्चारमाध्यममा प्रकाशित-प्रसारित समाचारप्रति चित्त नबुझे वा कुनै गुनासो रहे अपनाउन सकिने कानुनी तथा अन्य वैधानिक उपचारका बाटोलाई छाडेर पत्रकारको ज्यान मार्ने धम्की दिने घटना गुण्डाराजको नमुना भएको भन्दै पत्रकार द्वयले आपत्ति जनाएका छन् । हेर्नुहोस् प्रेस चौतारी नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीले जारी गरेको प्रेस बिज्ञप्ति

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal