अर्थ सरोकारकर्मीलाई ज्यान मार्ने धम्की दिने बनका अध्यक्ष विरुद्ध प्रहरीमा उजुरी (पत्रसहित हेर्नुहोस्)

धनगढी । पत्रकारलाई ज्यान मार्ने धम्की दिने सिद्धार्थ सामुदायिक बनका अध्यक्ष विरुद्ध प्रहरीमा संयुक्त उजुरी दर्ता गरिएको छ । फूलबारी खबरका सम्वाददाता झलक दवाडी, अर्थसरोकार सरोकार सुदूरपश्चिम ब्युरो प्रमुख सुदर्शन श्रेष्ठ र क्यामेरापर्सन हरि तिवारीले अध्यक्ष विरुद्ध संयुक्त उजुरी दर्ता गरेका हुन् ।

फूलबारीमा वन कर्मचारी र पदाधिकारीको मिलेमतोमा काठ तस्करी गरेको स्थानीयको गुनासोका आधारमा तयार गरिएको समाचारका विषयमा फोन मार्फत अध्यक्ष गिरीले ज्यानमार्ने धम्की दिएका थिए । धम्की दिने अध्यक्ष गिरीले पत्रकार दवाडीलाई अभद्र गाली गर्दै फूलबारी क्याम्पसमा भएको घटना सम्झाउँदै भुवन रिजालको जस्तै हालत गरिदिने भनी ज्यान मार्ने धम्की दिएका थिए ।

मोबाइलबाट धम्की दिदैँ गिरीले ‘भुवन रिजालको घटना याद छ ? त्यस्तै हालत गरिदिन्छु’ भनेका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीले उजुरी दर्ता गर्दै चाँडै नै पक्राउ गरी कानून बमोजिम कारवाही गर्ने प्रतिबद्धता जनाएको छ । पत्रकारलाई ज्यान मार्ने धम्की दिने बनका अध्यक्षको शैलीको चारैतिर विरोध भएको छ ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कमिटी , नेपाल पत्रकार महासंघ कैलाली , नेपाल फोटो पत्रकार महासंघ कैलाली र प्रेस चौतारी नेपालले विज्ञप्ति मार्फत कानुनी कारवाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal